बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ ।
सोमबार दिउँसो १ बजे नै बैठक बोलाइएको भएपनि सत्ता गठबन्धनका एक सांसद नआइदिएपछि स्थगित गरेर अर्को बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो । सो समयमा भने यसअघि बैठकमा नआएकी एकीकृत समाजवादीकी सांसद रमा आले मगर पुगेसँगै बैठक सुरु भएको हो ।
प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची आइतबार नै तय भइसकेको थियो । सोही अनुसार बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए ।
कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो ।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण