सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सोमबार, १९ चैत २०८०, १६ : २२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ । 

सोमबार दिउँसो १ बजे नै बैठक बोलाइएको भएपनि सत्ता गठबन्धनका एक सांसद  नआइदिएपछि स्थगित गरेर अर्को बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो । सो समयमा भने यसअघि बैठकमा नआएकी एकीकृत समाजवादीकी सांसद रमा आले मगर पुगेसँगै बैठक सुरु भएको हो ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची आइतबार नै तय भइसकेको थियो  । सोही अनुसार बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए ।

कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । 

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप