मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा दुई दल तटस्थ, शालिकरामले विश्वासको मत पाउँदै

सोमबार, १९ चैत २०८०, १७ : ५१
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् । एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् । 

यस्तै विपक्षमा कांग्रेसको मात्रै मत जाने भएको छ । कांग्रेसको प्रदेशसभामा ३७ सांसद छन् । 

यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन् । १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा तटस्थ रहने भएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव

पेश गरेसँगै भएको छलफलमा सम्बन्धित दलले मत दिने नदिनेबारे जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप