बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक सुरु

मङ्गलबार, २० चैत २०८०, १६ : १८
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । एमालेसहितका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

संसदबाट विश्वासको मत लिने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् ।  यसअघि शीर्ष नेताहरूबिचको बैठक सकारात्मक  भएको नेताहरूले दाबी गरेपनि निष्कर्ष निस्किन सकेको छैन ।

मुख्यमन्त्री राजकुमार शर्माले संसद् फेस गर्न चाहिरहेका छन् भने एमाले त्यसअघि नै राजीनामा चाहिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप