शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच हजार भारु लिएर मुम्बई आएकी थिइन् नारा फतेही

बुधबार, २१ चैत २०८०, १७ : ४४
बुधबार, २१ चैत २०८०

नयाँ दिल्ली । नोरा फतेही बलिउडकी चर्चित डान्सर तथा नायिका हुन् । नोरा सन् २०१४ मा आएको फिल्म ‘रोरः टाइगर्स अफ द सुन्दरबन्स’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

त्यसपछि उनी ‘बाहुबलीः द बिगिनिङ’को डान्स नम्बर ‘मनोहरी’मा देखिइन् । रियालिटी शो बिग बोस ९ मा प्रतियोगीका रूपमा सामेल भएपछि उनले बढी चर्चा पाएकी हुन् । नोरामाथि खिचिएका कयौं डान्स नम्बरहरू चर्चित हुन थालेपछि उनको चर्चा झनै चुलियो । भर्खरै एउटा अन्तरवार्तामा नोराले आफ्ना संघर्षका दिनहरू सम्झिएकी छिन् । मसाबेल इन्डियाज बम्बे जर्नीको नयाँ एपिसोडमा नोराले आफू भारत आएपछिका दुःखका दिनहरूबारे कुराकानी गरेकी थिइन् ।

‘म पाँच हजार भारु मात्रै लिएर भारत आएको हुँ । म मुम्बईमा ९ केटीहरूसँग मिलेर थ्री बीएचके अपार्टमेन्टमा बस्थें । यहाँ आएपछि मैले आफैंसँग यस्तो किन गरेँ ? भनेर सोच्न थालेँ । म यो सबैको लागि कहिल्यै तयार थिइनँ र आज पनि मलाई यो सोच्दा नराम्रो लाग्छ ।’ नोराले भनेकी छिन् ।

थेरापीको साहारा लिनुपर्यो

अन्तर्वार्ताका क्रममा नोरालाई मुम्बईमा घर भाडा कसरी तिथ्र्यौ भनेर प्रश्न सोधिएको थियो । यसको उत्तरमा उनले भनिन्, ‘त्यतिबेला के हुन्थ्यो भने मैले काम गरेको एजेन्सीले हाम्रो अपार्टमेन्टको भाडा तिरिदिन्थ्र्यो अनि कमिशनबाट यो पैसा काट्ने गर्दथ्यो । यसपछि मसँग थोरै मात्रै पैसा बाँकी रहन्थ्यो । मैले धेरै दिन त एउटा अण्डा, रोटी र दूध पिएको भरमा बिताएको छु ।’

केही एजेन्सीहरूले धेरै दुःख दिने अनि यी सबैका लागि कुनै नियम र नियमनहरू नभएको पनि उनले बताइन् । ‘त्यो मेरो लागि एकदमै नराम्रो समय थियो र साँच्चै भन्ने हो भने मलाई त्यो समयमा थेरापी समेत लिनु परेको थियो,’ नोराले भनेकी छिन् ।

हप्ताभरि जम्मा तीन हजार भारु तलब  

हिजोआज नोराले फिल्ममा एउटा आइटम नम्बरको लागि २ करोड भारु लिन्छिन् । दुःखका दिनमा उनको हप्ताभरको कमाई ३ हजार भारु मात्रै  थियो । नोराले यसअघि पनि केही अन्तर्वार्तामा आफ्नो संघर्षका दिनबारे कुरा गरिसकेकी छिन् । २०१९ मा उनले एक अन्तरवार्तामा आफूले सुरुका दिनमा काम गरेको एजेन्सीले हप्ताको तीन हजार भारु मात्रै तलब दिने गरेको बताएकी थिइन् । यति थोरै पैसाले दैनिक खर्च धान्न धेरै गाह्रो हुने अनि हप्ता सकिँदासम्म एक सुको पैसा नबस्ने पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप