मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

बिहीबार, २२ चैत २०८०, १७ : १७
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको आरोप लगाएका हुन् । 

‘यहाँ कुनै साथीलाई रमाइलो लागेको होला । सत्ता आएको होला । तर सत्ताले सबै कुरा दिँदैन । सबै मिलेर प्रदेश, संविधान र संघीयताको औचित्य पुष्टी गर्नुपर्छ । यसबारे गम्भीर बनौँ । बहस गरौं । राजनीति उथलपुथल गरेर वा एक अर्काप्रति लाञ्छना लगाएर गयौँ भने हामी कतै पुग्दैनौँ’, प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘देशका प्रधानमन्त्री कहिले फुत्त यो गर्छु कहिले फुत्त उ गर्छु भनेर देशमा विकास पनि हुँदैन । यसले संघीयता पनि धरापमा पर्छ । उहाँको फुत्तले संघीयता बच्न पनि सक्छ । संघीयता जान पनि सक्छ । आफू उफ्रिएको धरातल हेरेनौँ भने यही अन्त्य पनि हुन्छ । कुर्सी साटासाट हामी कतै पुग्दैन ।’ 

 संघीयतामाथि जटिल प्रश्न उठेको भन्दै उनले यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको आरोप लगाए । उनले प्रदेश मुख्यमन्त्रीको पहुँच तस्बिर झुन्ड्याउन मात्र सीमित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप