राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको आरोप लगाएका हुन् ।
‘यहाँ कुनै साथीलाई रमाइलो लागेको होला । सत्ता आएको होला । तर सत्ताले सबै कुरा दिँदैन । सबै मिलेर प्रदेश, संविधान र संघीयताको औचित्य पुष्टी गर्नुपर्छ । यसबारे गम्भीर बनौँ । बहस गरौं । राजनीति उथलपुथल गरेर वा एक अर्काप्रति लाञ्छना लगाएर गयौँ भने हामी कतै पुग्दैनौँ’, प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘देशका प्रधानमन्त्री कहिले फुत्त यो गर्छु कहिले फुत्त उ गर्छु भनेर देशमा विकास पनि हुँदैन । यसले संघीयता पनि धरापमा पर्छ । उहाँको फुत्तले संघीयता बच्न पनि सक्छ । संघीयता जान पनि सक्छ । आफू उफ्रिएको धरातल हेरेनौँ भने यही अन्त्य पनि हुन्छ । कुर्सी साटासाट हामी कतै पुग्दैन ।’
संघीयतामाथि जटिल प्रश्न उठेको भन्दै उनले यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको आरोप लगाए । उनले प्रदेश मुख्यमन्त्रीको पहुँच तस्बिर झुन्ड्याउन मात्र सीमित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण