बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दैछिन् नोरा फतेही
नयाँ दिल्ली । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् । विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा भनेकी हुन् ।
अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् । आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।
‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु,’ उनले भनेकी छिन् । अझ अगाडि नोरा भन्छिन्, ‘मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ । साँच्चै भन्ने हो भने आजको संसारमा स्वार्थी मानिसहरू धेरै छन् । यिनीहरू अरूबाट फाइदा लिन खोज्छन्, फाइदा मिल्दासम्म केही वर्ष सँगै बस्छन् अनि जान्छन्,’ नोराले भनेकी छिन् ।
- सन्तान जन्माउने इच्छा
नोरा फतेही बिहे गरेर घरजम बसाउन तयार छिन् । नायिका भन्छिन्, ‘चार–पाँच वर्षअघि जीवनसाथीबारे मेरो विचार निकै सतही थिए । अहिले म धेरै फेरिएको छु । एक आदर्श व्यक्तिबारे फरक दृष्टिकोण विकास भएको छ ।’
पहिले आफूले गलत चीजहरू खोजिरहेको पनि उनले बताइन् । यतिबेला चाहिँ उनी एउटा इमानदार जीवन साथीको खोजीमा छिन्, जो सुन्दर पनि होस् । नोरा हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् । यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण