बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झापामा लागु औषधसहित चारजना पक्राउ

बुधबार, २८ चैत २०८०, १२ : ३३
बुधबार, २८ चैत २०८०

झापा । बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका-९ बस्ने २६ वर्षीय ललित कुमार राजवंशी रहेका छन् ।  प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी, दमक नगरपालिका-८ स्थितबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय विनोद राई र ३१ वर्षीय  गोपाल लाम्जेल सार्की रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप