फिल्मले डुबायो : चेक बाउन्स मामिलामा राजपाल यादवलाई ६ महिना जेल, ११ करोड भारु जरिवाना
मुम्बई । दिल्लीको कडकडडूमा आदालतले चेक बाउन्स मामिलामा अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय सुनाएको छ । यद्यपि, उनलाई तुरुन्तै जमानतमा रिहा गरिएको छ ।
राजपाल यादव र उनको पत्नीको कम्पनीबिरुद्ध ७ वटा चेक बाउन्सको मुद्दा दर्ता थियो । यस मुद्दामाथि अदालतले २३ अप्रिलमा फैसला सुनाएको हो ।
रिपोर्टका अनुसार अदालतले प्रति चेक १.६० करोड भारु जरिवाना तिर्न यादवलाई आदेश दिएको छ ।
यस हिसाबले उनले कूल ११.२० करोड भारु जरिवाना तिर्नुपर्नेछ ।
पत्नीमाथि १० लाखको जरिवाना
यसमा ममिलामा राजपाल यादव पत्नी राधालाई पनि अदालतले १० लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले सजाय सुनाए पछि यादवले मिडियासँग कुराकानी गर्दै अदालतको फैसलाको सम्मान गर्ने बताए । उनले यो मामिलामा उच्च अदालत जाने पनि बताए ।

२० अप्रिलमा दोषी करार
गत अप्रिलमा अदालतले राजपाल यादव र उनकी पत्नी चेक बाउन्स मुद्दामा दोषी करार गरेको थियो । अदालतका अनुसार आरोपीले चेकमा आफ्नो हस्ताक्षर भएको स्वीकारेका थिए ।
फिल्मले डुबायो
चेक बाउन्सको यो मुद्दा सन् २०१० को हो । लक्ष्मी नगर स्थित मुरली प्रोजेक्टस लिमिटेडले प्रीत बिहार थानामा सातवटा चेक बाउन्स भएको उजुरी दर्ता गरेको थियो ।
कम्पनीका अनुसार यादवले ‘अता पता लपता’ बनाउन ५ करोड ऋण लिएका थिए । सन् २०१२ मा चलचित्र रिलिज भयो, तर चलचित्र फ्लप हुनपुग्यो । त्यसपछि यादवले फैसा तिरेनन् ।
उजुरीपछि यादवलाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी अदालतमा गएनन् । उनको वकिलले गलत हलफनामा पेश गरेपछि अदालत रुष्ट बनेको थियो ।
सन् २०१३ मा यही मामिलामा यादवलाई दिल्ली उच्च अदालतले यादवलाई न्यायीक हिरासतमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण