६७ वर्ष अघि गरिएको थियो बलिउडको पहिलो बोल्ड फोटोसुट, नायिकाले दिएकी थिइन् यस्ता पोज
आजको जमानामा कुनै नायिकाले बोल्ड फोटोसुट गरे त्यो खासै नौलो कुरा मानिँदैन । लगभग सबै चर्चित नायिक म्यागजिनको बोल्ड फोटोसुटको कभर पेज बनेर चर्चा बटुल्छन् । तर यस्तो सन् १९५१ मा हुने गर्दथ्यो भन्ने बारे सायद कसैले सोच्नुभएको छैन होला । जतिबेला नायिका फिल्ममा काम गर्न हिच्किचाउँथे त्यतिबेला एक नायिकाको बोल्ड फोटोसुटले हंगामा मच्चाएको थियो ।
यस्तै हंगामा मच्चाउने नायिका थिइन् बेगम पारा ।
बेगम पाराले लाइफ म्यागजिनका लागि एक बोल्ड फोटोसुट गराएकी थिइन् । यो फोटोमा उनले सेतो साडी लागएर र चुरोट तानेको यस्तो पोज दिएकी थिइन् कि उनी बलिउडकी फर्स्ट Bombshell र Pin Up Girl नामले चर्चित बनिन् । बेगम पाराको यो फोटोसुट त्यतिबेलाका चर्चित फोटोग्राफर जेम्स बुर्केले गरेका थिए ।
यस्तो थियो बेगम पाराको बलिउड यात्राः
बेगम पारा सन् १९४०–५० की बोल्ड नायिका थिइन् । उनले १७ वर्षको उमेरमा बलिउडमा पाइला टेकेकी थिइन् । पहिलो फिल्म ‘चान्द’ मा उनी प्रेम आदिबुसँग देखिएकी थिइन् जुन सन् १९४४ मा रिलिज भएको थियो । बेगम पारा सोहनी महिवाल (सन् १९४६), जंजिर (सन् १९४७), मेहेन्दी (सन् १९४७) जस्ता फिल्ममा नर्गिससँग देखिएकी थिइन् । नील कमल (सन् १९४७) मा उनले राजकपूर र मधुबालासँग स्क्रिन सेयर गरिन् । यसका साथै लेला मजनू (सन् १९५३), नयाँ घर (सन् १९५३) र पहिलो झलक (सन् १९५५) मा पनि उनले काम गरिन् ।
यस्तो थियो नीजि जीवनः
बेगम पाराको जन्म सन् १९२६ को डिसेम्बर २५ मा झेलम, पंजाब (अब पाकिस्तान) मा भएको थियो । मुस्लिम परिवारमा जन्मिएकी पाराका १० दाजुभाइ थिए । पाराको बाल्यकाल बीकानेर (राजस्थान) मा भएको थियो जहाँ उनका पिता मियां एहसान उल हक मुख्य न्यायाधिस थिए । उनको नाम पारा मात्र थियो तर फिल्ममा आउनुपूर्व उनले आफ्नो नाममा बेगम जोडिन् ।
बेगम पाराले दिलीप कुमारका भाइसँग गरिन् विवाहः
फिल्मी करियर अगाडि बढाएपछि उनले सन् १९५६ मा दिलिप कुमारका भाइ नासिर खानसँग विवाह गरिन् र फिल्मबाट ब्रेक लिइन् । उनका तीन सन्तान भए जसमध्ये एक अयूब खान (बलिउड नायक) हुन् । ४९ वर्षको उमेरमा नासिरको मृत्युपश्चात् पाराले बच्चाको एक्लै स्याहार गरिन् ।
अन्तिम पटक फिल्म सावरियामा देखिइन्ः
पारालाई अन्तिम पटक सन् २००७ मा रिलिज भएको संजय लिला भंसालीको फिल्म सावरियामा देखिएको थियो । यो फिल्ममा उनले सोनम कपुरकी हजुरआमाको भूमिका निभाएकी थिइन् । सन् २००८ मा ८१ वर्षको उमेरमा उनको मृत्यु भयो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण