मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्षपछि सहकार्य गर्दै प्रदीप र सुदर्शन

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : ०८
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबिच फेरि फिल्ममा सहकार्य हुने भएको छ । यी दुवैले पारिवारिक कथामा निर्माण हुन लागेको नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् । 

जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै दिएका छन् । 

निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’पछि अर्को एक फिल्म गर्ने तयारीमा छन् । जसको अभिनेताको रूपमा प्रदीप अनुबन्धित भएका हुन् । सुदर्शन थापाको नयाँ बन्ने फिल्ममा आफू अभिनेताको रूपमा अनुबन्धित भएको अभिनेता प्रदीपले बताए । फिल्मको नाम अहिले फाइनल नभएपनि कथा मनपरेर आफू जोडिएको प्रदीपले सुनाए ।

प्रदीप पछिल्लो समय ‘पुजार सार्की’ र ‘पिताम्बर’मा व्यस्त छन् । उनको हातमा अझै ‘एक्टर’ र ‘ऐरी’ पनि छ । यी दुई फिल्मको छायांकन सकिएपछि थापाको फिल्म अभिनय गर्ने प्रदीपले बताए ।

सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो । यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए । त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो । प्रदीप पछिल्लो समयका स्टार अभिनेता हुन्, भने सुदर्शन पनि हिट फिल्म निर्देशकमा पर्छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप