९ वर्षपछि सहकार्य गर्दै प्रदीप र सुदर्शन
काठमाडौँ । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबिच फेरि फिल्ममा सहकार्य हुने भएको छ । यी दुवैले पारिवारिक कथामा निर्माण हुन लागेको नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् ।
जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै दिएका छन् ।
निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’पछि अर्को एक फिल्म गर्ने तयारीमा छन् । जसको अभिनेताको रूपमा प्रदीप अनुबन्धित भएका हुन् । सुदर्शन थापाको नयाँ बन्ने फिल्ममा आफू अभिनेताको रूपमा अनुबन्धित भएको अभिनेता प्रदीपले बताए । फिल्मको नाम अहिले फाइनल नभएपनि कथा मनपरेर आफू जोडिएको प्रदीपले सुनाए ।
प्रदीप पछिल्लो समय ‘पुजार सार्की’ र ‘पिताम्बर’मा व्यस्त छन् । उनको हातमा अझै ‘एक्टर’ र ‘ऐरी’ पनि छ । यी दुई फिल्मको छायांकन सकिएपछि थापाको फिल्म अभिनय गर्ने प्रदीपले बताए ।
सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो । यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए । त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो । प्रदीप पछिल्लो समयका स्टार अभिनेता हुन्, भने सुदर्शन पनि हिट फिल्म निर्देशकमा पर्छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण