हरेक सुटिङपछि एक महिनाको ब्रेक लिन्थे रणबीरः भन्छन्, ‘सजिलो थिएन संजय दत्त बन्नु’
रणबीर कपुरको फिल्म संजुः वान म्यान मेनी लाइभ्सको पहिलो टिजर रिलिज भएको छ । फिल्ममा संजय दत्तको रील लाइफ रोल निभाइरहेका रणबीर कपुरले फिल्मको १.२७ मिनेटको टिजरमा पूर्ण रुपमा छाएका छन् । एक भारतीय समाचार एजेन्सीसँगको अन्तर्वार्तामा रणबीरले आफ्नो परिवर्तन प्रक्रियाबारे जानकारी दिएका छन् ।
रणबीरका अनुसार संजयको बायोपिकका लागि रणबीरले आफूलाई शारिरिक र मानसिक दुबै तरिकाले परिवर्तन गरेका छन् । यस्तै, उनले हरेक सुटिङपछि एक महिनाको ब्रेक लिने गरेको बताए । उनी भन्छन्, ‘प्रत्येक सुटिङका लागि हरेक पटक १ महिनाको ब्रेक लिएको छु । ’
‘यो सबै निकै चाँडै भइरहेको थियो र हामीसँग त्यति समय थिएन । म हरेक फेजअघि आफूलाई एक महिनाको समय दिन्थें ।’
संजयजस्तो देखिन आफूले विभिन्न चुनौतीको सामना गर्नुपरेको उनले बताए । उनले भने, ‘मेरो शरिरको फ्रेम निकै पातलो छ । मेरा लागि मसल्स बढाउने काम निकै कठिन रह्यो । संजय दत्त जेलबाट बाहिर निस्किएको, मुन्नाभाइको र उनको युवावस्थाको लुक निकै चुनौतीपूर्ण थियो ।’
कोहीजस्तो देखिनु कुनै ठूलो कुरा नभएको बताउने रणबीरले आफू क्यारेक्टरको आत्मासम्म पुगेको बताए । उनी भन्छन्, ‘मेकअप र कस्ट्युमले कसैजस्तो देखिनु त्यो सरल काम हो तर कुनै क्यारेक्टरको आत्मालाई बुझ्नु त्यो कठिन काम हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण