संजुको ट्रेलरको आलोचना किन ?
अन्ततः संजय दत्तमाथि बनेको बायोपिकको पहिलो झलक सार्वजनिक भएको छ । राजकुमार हिरानीको यो फिल्म निकै पहिलेदेखि प्रतिक्षारत थियो ।
सबैभन्दा पहिले त फिल्मको नाममा नै विभिन्न प्रकारको अनुमान लगाइँदै थियो । अन्त्यमा जब मंगलबार यो फिल्मको टिजर रिलिज भयो तब फिल्मको नाम ‘संजु’ तय भयो ।
अभिनेता रणबीर कपुरले संजय दत्तको भूमिका निभाइरहेका छन् । स्रोतलाई विश्वास गर्ने हो भने उनले संजय दत्तको बोलीचाली र रहनसहनका लागि मिमिक्री आर्टिस्ट संकेत भोसलेसँग विशेष तालिम लिएका छन् ।
धेरैले यो टिजरको निकै तारिफ गरिरहेका छन् तर कतिले भने आलोचना पनि । फिल्म इन्डष्ट्रिको प्रतिक्रियाबारे कुरा गर्नुपर्दा सबैले रणबीरको अभिनयको तारिफ गरेका छन् ।
फिल्मको पोस्टरले पनि विभिन्न प्रतिक्रिया पाएको छ ।
ह्यासट्याग संजुमार्फत यस फिल्मबारे विभिन्न टिका टिप्पणी गरिएका छन् ।
पकचिकपक राजा बाबू नामको ट्वीटर ह्यान्डलले संजुको पोस्टरसहित ट्वीट गरे, ‘जब तपाईंकी पूर्व प्रेमिकाले ब्लक गरे उनलाई हेर्नका लागि विभिन्न प्रोफाइल यसरी बनाउन सकिन्छ ।’

यस्तै, मास सिकन्दर ट्वीटर ह्यान्डलबाट लेखिएको छ, ‘यो फिल्मको पोष्टर हो वा कुनै कपडाको विज्ञापन ?’

हुन त टिजर हेरेपछि मानिसहरुले रणबीरको अभिनयको खुब प्रशंसा गरेका छन् तर जिया ट्वीटर ह्यान्डल भएकोलाई रणबीरको त्यो खुबी देखिनन् ।

उनले ट्वीट गरेकी छिन्, ‘स्वाग एक प्राकृतिक कुरा हो । त्यसलाई जबर्जस्ती निकाल्न सकिन्न । तपाईं संजय दत्तलाई हेर्नुहोस्, उनमा एक नेचुरल स्वाग छ । रणबीर कपुरमा त्यस्तो छैन । त्यसमा सुस्तता र उदासी भरिएको महसुस हुन्छ र उनीहरुले मनिषा कोइरालालाई रणबीरको आमा कसरी बनाए, यो उनको क्षमताको बेइज्जत हो । ’
फिल्म इन्डष्ट्रिबाट पाए तारिफः
थुप्रै फिल्म आलोचक र फिल्म इन्डष्ट्रिसँग जोडिएका व्यक्तिले यो टिजरको तारिफ गरेका छन् । टिजरले फिल्म प्रतिको उत्सुकता पैदा गरेका छ । साथै रणबीर कपुरले जुन प्रकारले आफूलाई संजय दत्तको रुपमा ढालेका छन् त्यसको पनि विभिन्न मानिसहरुले तारिफ गरेका छन् ।
अभिनेता रितेश देशमुखले लेखे, ‘संजुको टिजर देखें, निकै शानदार टिजर छ । भारतका सबैभन्दा चर्चित निर्देशक राजकुमार हिरानीले बनाएको यो बायोपिकको प्रतिक्षा छ । मलाई भनिएको थियो कि फिल्ममा रणबीर कपुर हुनेछन् तर मैले त उनलाई देखिनँ, कहाँ थिए रणबीर ?’

फिल्म आलोचक तरन आदर्शले ट्वीट गरे, ‘मुन्नाभाइ, थ्री इडियट्स र पिकेजस्ता फिल्म बनाउने निर्देशक राजकुमार हिरानीको नयाँ फिल्म संजय दत्तको बायोपिकसँग थुप्रैको आशा छ । उनले निकै शानदार टिजर पेश गरेका छन् ।’

संजु फिल्ममा निकै महत्वपूर्ण भूमिका निभाइरहेकी अभिनेत्री सोनम कपुरले ट्वीट गरिन्, ‘एक व्यक्ति जसले विभिन्न जीवन बाँचेका छन् । त्यसलाई पर्दामा देखाउने योभन्दा उत्तर तरिका हुनै सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण