पार्टी विभाजन : जसपा नेपालले कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएका छन् ।
मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिए ।
दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।
बुधबार यस विषयमा कानुनी परामर्श लिएर अगाडि बढ्ने बताउँदै उनले पार्टीमाथि राज्यकै तर्फबाट षड्यन्त्र भएकाले कानुनी उपचारमा जाने अवस्था आएको बताए ।
पार्टीको आधिकारिकता दिँदा थुप्रै ठाउँमा कानुनी त्रुटि भएको आफूहरूले पाएको उनले बताए । उनले यसका लागि कानुन विज्ञसँग छलफल भइरहेको बताए ।
पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको उनले बताए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसद अलग भएर जसपा गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण