२ सय १८ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ । मोरङ र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागु औषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित मकै बारीमा लागु औषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मकै बारीभित्र रहेको टहारामा किस्कुले उक्त परिमाणको गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्साको कालिकामाई गाउँपालिका-३ हरीहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महतो केवटलाई अवैध लागु औषध गाँजा ५ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । केवटले आफ्नै गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण