राष्ट्र संघमा प्यालेस्टाइनको सदस्यतालाई व्यापक समर्थन, अमेरिका र इजरायलको विरोध
न्युयोर्क । संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको सदस्यतालाई समर्थन गरेको छ । महासभाले प्यालेस्टाइनको पूर्ण सदस्यतालाई भारी बहुमतले समर्थन गरेको हो ।
प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउने प्रस्तावलाई १४३ देशले समर्थन गरेका छन् भने ९ देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका र इजरायल छन्।
अमेरिकाले गत महिना संयुक्त राष्ट्र सुरक्षा परिषद्मा यस्तै प्रस्तावलाई भिटो गरेको थियो। संयुक्त राष्ट्र संघको सदस्यता सम्बन्धी निर्णय सुरक्षा परिषद्ले मात्र लिन्छ।
अमेरिकाले प्यालेस्टाइनको सदस्यता प्रस्तावलाई फेरि भिटो गर्ने विश्वास गरिएको छ । तर शुक्रबारको महासभामा प्राप्त भएको समर्थनलाई विश्वमा प्यालेस्टिनीप्रति बढ्दो समर्थनका रूपमा हेरिएको छ ।
हाल प्यालेस्टिनी भूभाग संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र होइन तर पर्यवेक्षक राष्ट्र हो। इजरायली विदेशमन्त्रीले संयुक्त राष्ट्र संघको महासभाको निर्णयलाई ‘बेतुकको निर्णय’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण