जसपा नेपालको त्यो निर्णय, जसले रोप्यो विभाजनको बिउ
काठमाडौँ । महाधिवेशनकै मुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । सङ्घीय संसदमा १२ जना सांसद रहेको जसपा नेपालबाट सात जना सांसद लिएर अशोक राईले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका छन् ।
महाधिवेशनका सन्दर्भमा जसपा नेपालको कार्यकारिणी समितिले गरेको निर्णयका कारण पार्टीबाट अलग भएको दाबी अशोक राईले गरेका छन् । साङ्गठनिक सदस्य, निर्वाचन समिति, महाधिवेशन प्रतिनिधि चयन लगायतको प्रक्रियामा धाँधली गरेको आरोप अशोक राई नेतृत्वको जसपाले लगाएको छ ।
पार्टीको कुनै न कुनै समितिमा रहेका नेताहरूलाई सङ्गठित सदस्य बनाउनुपर्ने भए पनि समितिमै नरहेकालाई बनाइएको, तल्लो तहबाट अधिवेशन गर्दै माथिसम्म आउनु पर्नेमा तल विभिन्न समितिलाई पुनर्गठन गरेर भएभरका साधारण सदस्यलाई सांगठनिक सदस्य बनाएर ल्याएको आरोप राई पक्षको छ ।
महाधिवेशन प्रतिनिधि चयन गर्दा समावेशी सिद्धान्त नअपनाएको आफूखुसी प्रतिनिधि चयन गर्न त्यही अनुसार निर्देशिका बनाएको अशोक राई नेतृत्वको जसपाको आरोप छ । महाधिवेशनमा धाँधली गर्ने नियतले सबै काम अगाडि बढाएको कारण बाध्य भएर पार्टीबाट अलग भएको पार्टीका महासचिव इस्तियाक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण