सशस्त्रका दुई एसपीसहित ७ जनालाई विभागीय कारबाही सिफारिस
काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा ‘सुरक्षा कमजोरी’ देखिएको छानबिन निष्कर्ष छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले त्यसबारे छानबिन गरेका हुन् ।
छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘दुई एसपीसहित ७ जनामाथि विभागीय कारबाही थालिएको छ ।’
आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको ठहर छ । छानबिनमा संलग्न गृह मन्त्रालयका एक जना अधिकृत भन्छन्– ‘साँचो भण्डार महाशाखामा राखेको र नम्बर–९ पशुपति प्रसाद बाहिनीलाई सुरक्षाको जिम्मेवारी दिएको देखिन्छ ।’
बलम्बुस्थित स्टोरमा आगलागी सुरु भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउन प्रयास गरेको भएमा ठुलो क्षति रोक्न सकिने छानबिन निष्कर्ष छ । छानबिनमा संलग्न अधिकृत भन्छन्– ‘ड्युटीमा बस्नेहरू र भण्डार शाखाको पनि कमजोरी देखिन्छ ।’
यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । १८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण