१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४ असारमा
काठमाडौँ । १२ औँ ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ असारमा आयोजना हुने भएको छ । असारको ७ गतेदेखि ८ गतेसम्म तीन दिन चल्ने फेष्टिभलमा दर्जन फिल्म प्रदर्शन हुनेछ ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजना रहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा.मञ्जु मिश्रले जानकारी दिइन् ।
महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने छ । महोत्सवमा प्राप्त अफ्रिकन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।
‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ’ डा. मिश्रले भनिन् ।
महोत्सवमा लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिनेछ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी गराए ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम रहेको छ ।
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति चलचित्र मार्फत आदान प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण