धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
![धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/accident-durghatana-acc-cartoon_nrzrx5tby7_ghoteaka0f_0P2eITVZNi.webp)
जनकपुर । धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मजदुर रहेका छन् । गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा आज ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार इनारभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर उनको मृत्यु भएको हो ।
रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोगमा झण्डै ४० मिटर गहिरो उक्त इनारबाट शर्माको शव निकालिएको थियो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।
यसैगरी गोदारस्थित कमला स्टोन क्रसर उद्योगमा कार्यरत गणेशमान चारनाथ नगरपालिका–४ का २० वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । बुधबार राति क्रसर उद्योगको फित्तामा बेरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक साहले जानकारी दिए ।
उक्त घटनामा सोही क्रसरमा काम गर्ने बाराको निजगढका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन् । उनको गोदारस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ
-
कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ
-
बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै
-
चितवनको सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट
-
स्वीफ्टको लन्डन एराज टूरले बीओईको ब्याजदर कटौतीमा ढिलाइ गर्ला ?
-
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?