सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । कैलाली र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मिनी ट्रकमा सवार धनगढी उपमहानगरपालिका मनेरा बस्ने ५५ वर्षीय जुगराम चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
साथै दुर्घटनामा घाइते भएका मिनी ट्रकमा सवार ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बाग्लुङ, बाग्लुङ नगरपालिका-१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण