साँगामा रोकेर राखेको ट्याङ्करमा ६ वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
बुधबार, १६ जेठ २०८१, १७ : ४४
काठमाडौँ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रक सहितका ६ वटा सवारी साधन ठोक्किएका छन् । दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
घाइते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्माचार्य छिन् ।
बागमती प्रदेश ०१–००३ क ९९४५ नम्बरको ट्याङ्करमा साँगाबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकल, स्कुटर, बा.७ च ४५३७ नम्बरको कार, योद्धा गाडी, बिएसिओ–१२३ नम्बरको कार र मालवाहक ट्रक ठोक्किएको डीएसपी सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण