साँगामा रोकेर राखेको ट्याङ्करमा ६ वटा सवारी साधन ठोक्किए, दुई जना घाइते
बुधबार, १६ जेठ २०८१, १७ : ४४

काठमाडौँ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रक सहितका ६ वटा सवारी साधन ठोक्किएका छन् । दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
घाइते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्माचार्य छिन् ।
बागमती प्रदेश ०१–००३ क ९९४५ नम्बरको ट्याङ्करमा साँगाबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकल, स्कुटर, बा.७ च ४५३७ नम्बरको कार, योद्धा गाडी, बिएसिओ–१२३ नम्बरको कार र मालवाहक ट्रक ठोक्किएको डीएसपी सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जतिसुकै धूप बाले पनि सरकारको रौँ पनि हल्लिँदैन : शेरबहादुर तामाङ
-
माधव नेपालविरूद्ध प्रतिशोध साँधियो, यो सरकारको काल आएको छ : मेटमणि चौधरी
-
गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन, अहिलेसम्म कुनै उजुरी परेको छैन : रामनारायण बिडारी
-
अमेरिकाले ओम्नि एयरको चार्टर्ड विमानबाट पठायो ३७ नेपालीलाई
-
एम्बाप्पे चम्किँदा तेस्रो स्थानको प्ले–अफमा फ्रान्सले जर्मनीलाई हरायो
-
चलचित्र ‘द ब्लु लाइट’को पाेस्टर सार्वजनिक