भीमफेदी दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु
हेटौंडा । कार दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा ५ जना घाइतेमध्ये एक बालिका र युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये एक वर्षीया बालिका र ४० वर्षका युवकको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइते भएका बालिका र युवकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
घाइते ५ जनामध्ये २ जना महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने अर्का एक जनालाई अस्पताल ल्याउँदै गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि हेटौंडा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण