गोरखा दरबारमा पानी चुहियो : एकनाथ ढकालले गराए पर्यटन मन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले ऐतिहासिक गोरखा दरबारको छानो चुहिएर ऐतिहासिक सम्पदामा क्षति पुगेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मन्त्री तामाङको ध्यानाकर्षण गराउँदै उनले वर्षात अगाडि नै छानो टालेर मर्मत गर्न आग्रह गरेका हुन् ।
सांसद ढकालले भने,‘सन् १७२३ मा नेपालका एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्म भएको ऐतिहासिक गोरखा दरबार मर्मत सम्भार हुन सकेको छैन । दरबारको छानाबाट पानी चुहिएर त्यहाँ भित्र रहेका महत्त्वपूर्ण ऐतिहासिक दस्ताबेजहरू, सामग्रीहरू बिग्रने सम्भावना भएको छ । केही दिन अघि गोरखा भ्रमणमा गएको बेला प्रमुख जिल्ला अधिकारीसँग पनि यसबारेमा छलफल गरेको थिएँ । वर्षाको समय आएको छ, पानी चुहिएर लड्ने अवस्था छ, यसको तुरुन्त मर्मत सम्भार हुनुपर्यो, यसबारेमा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशभरि रहेका विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरूको मर्मत सम्भारका लागि सरकारलाई निर्देशन दिन समिति सभापतिलाई पनि आग्रह गरे ।
जवाफमा मन्त्री तामाङले पर्यटन मन्त्रालयको कार्यक्षेत्रको विषय रहेको बताउँदै त्यसबारे पुरातत्त्व विभागसँग बुझेर मर्मत सम्भार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण