नियतपूर्वक आफ्नो निर्वाचन क्षेत्रको बजेट काटेकोमा महतको आक्रोश

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा अघि बढेका आयोजनाका लागि बजेट काटेकोमा आक्रोश व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट गठबन्धन दलका लागि कनिका छरेको जस्तो भएको बताए ।
नुवाकोटको गंगटेदेखि सिन्धुपाल्चोकको सिमाना गोल्फू भञ्जाङसम्मको सडकको स्रोत सुनिश्चितता भएर ठेक्का प्रक्रिया पुरा गरेर प्राविधिक पनि टुङ्गो लगाएको अवस्थामा भौतिक पूर्वाधार मन्त्रीले रोकेको र त्यसका लागि बजेट नै नराखिएको बताए । उनले प्रश्न गरे,‘त्यो मेरो बाटो हो ? म हिँड्ने बाटो हो ? त्यहाँका आम जनताले प्रयोग गर्ने बाटो होइन ? एमाले माओवादीले प्रयोग गर्दैनन् ? के गर्न खोजेको मैले बुझ्नै सकिन ?’
यस्तै टोखा छहरे सडकका लागि बजेट नदिएकोमा उनको गुनासो थियो ।
महतले भने,‘टोखा छहरे क्षेत्रको बाटो नुवाकोट जाने बाटो मात्र होइन, त्यो चीनको सीमासम्म पुग्ने छोटो बाटो हो । पृथ्वी राजमार्ग समेतलाई त्यसले जोड्छ । चिनियाँहरूसँग कुरा गरेर सम्झौताको पत्र आदान प्रदान गर्न तयार भएर म हुँदै त्यसमा सही गर्न सचिवलाई खटाइसकेको अवस्था थियो । तर त्यो बारेमा उहाँ मौन हुनुहुन्छ । बजेटको त कुरै छैन ।’
उनले सरकारले कनिका छरेजसरी गठबन्धनमुखी बजेट ल्याएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म