नियतपूर्वक आफ्नो निर्वाचन क्षेत्रको बजेट काटेकोमा महतको आक्रोश
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा अघि बढेका आयोजनाका लागि बजेट काटेकोमा आक्रोश व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट गठबन्धन दलका लागि कनिका छरेको जस्तो भएको बताए ।
नुवाकोटको गंगटेदेखि सिन्धुपाल्चोकको सिमाना गोल्फू भञ्जाङसम्मको सडकको स्रोत सुनिश्चितता भएर ठेक्का प्रक्रिया पुरा गरेर प्राविधिक पनि टुङ्गो लगाएको अवस्थामा भौतिक पूर्वाधार मन्त्रीले रोकेको र त्यसका लागि बजेट नै नराखिएको बताए । उनले प्रश्न गरे,‘त्यो मेरो बाटो हो ? म हिँड्ने बाटो हो ? त्यहाँका आम जनताले प्रयोग गर्ने बाटो होइन ? एमाले माओवादीले प्रयोग गर्दैनन् ? के गर्न खोजेको मैले बुझ्नै सकिन ?’
यस्तै टोखा छहरे सडकका लागि बजेट नदिएकोमा उनको गुनासो थियो ।
महतले भने,‘टोखा छहरे क्षेत्रको बाटो नुवाकोट जाने बाटो मात्र होइन, त्यो चीनको सीमासम्म पुग्ने छोटो बाटो हो । पृथ्वी राजमार्ग समेतलाई त्यसले जोड्छ । चिनियाँहरूसँग कुरा गरेर सम्झौताको पत्र आदान प्रदान गर्न तयार भएर म हुँदै त्यसमा सही गर्न सचिवलाई खटाइसकेको अवस्था थियो । तर त्यो बारेमा उहाँ मौन हुनुहुन्छ । बजेटको त कुरै छैन ।’
उनले सरकारले कनिका छरेजसरी गठबन्धनमुखी बजेट ल्याएको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण