रियलसँग एम्बाप्पेको करार सम्झौता

मड्रिड । किलियान एम्बाप्पेले स्पेनिस महारथी रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध हुने करार सम्झौता गरेका छन् । पेरिस सेन्ट जर्मेनसँगको करार ३० जुनमा सकिएसँगै उनी रियलसँग अनुबन्ध हुनेछन् ।
फ्रान्सेली स्ट्राइकरले गत फेब्रुअरीमा रियलसँग अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छाड्ने घोषणा गरेका छन् ।
२५ वर्षीय खेलाडीले अहिले रियलसँग सर्तहरूमा हस्ताक्षर गरेका छन् । जुलाई १ मा ला लिगाको ट्रान्सफर विन्डो खुलेपछि उनी क्लबमा आबद्ध हुनेछन् ।
सन् २०१७ मा मोनाको छाडेर पीएसजी पुगेका एम्बाप्पेले क्लबका लागि कीर्तिमानी २५६ गोल गरे । उनले सन् २०१८ मा विश्वकपको उपाधि पनि जितेका थिए ।
उनले रियलसँग सन् २०२९ सम्म क्लबमा रहने करारमा सम्झौता गरेका छन् । उनले प्रतिसिजन १.५ करोड युरो आम्दानी गर्नेछन् भने पाँच वर्षमा करारको बोनस स्वरूप १५ करोड युरो प्राप्त गर्नेछन् । उनले इमेज राइट बापतको केही रकम पनि प्राप्त गर्नेछन् ।
यता, लुका मोड्रिचले पनि क्लबसँग नयाँ करार सम्झौता गर्ने भएका छन् । उनी थप एक वर्ष क्लबमा रहनेछन् ।
शनिबार क्लबले रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि जित्दा ३८ वर्षीय खेलाडी सब्सटिच्युटका रुपमा मैदानमा प्रवेश गरेका थिए । टोटनह्यामका पूर्व खेलाडीको करार यही महिना सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी