रियलसँग एम्बाप्पेको करार सम्झौता
मड्रिड । किलियान एम्बाप्पेले स्पेनिस महारथी रियल मड्रिडसँग ‘फ्रि–ट्रान्सफर’ मा अनुबन्ध हुने करार सम्झौता गरेका छन् । पेरिस सेन्ट जर्मेनसँगको करार ३० जुनमा सकिएसँगै उनी रियलसँग अनुबन्ध हुनेछन् ।
फ्रान्सेली स्ट्राइकरले गत फेब्रुअरीमा रियलसँग अनुबन्ध हुने मौखिक सम्झौता गरेका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छाड्ने घोषणा गरेका छन् ।
२५ वर्षीय खेलाडीले अहिले रियलसँग सर्तहरूमा हस्ताक्षर गरेका छन् । जुलाई १ मा ला लिगाको ट्रान्सफर विन्डो खुलेपछि उनी क्लबमा आबद्ध हुनेछन् ।
सन् २०१७ मा मोनाको छाडेर पीएसजी पुगेका एम्बाप्पेले क्लबका लागि कीर्तिमानी २५६ गोल गरे । उनले सन् २०१८ मा विश्वकपको उपाधि पनि जितेका थिए ।
उनले रियलसँग सन् २०२९ सम्म क्लबमा रहने करारमा सम्झौता गरेका छन् । उनले प्रतिसिजन १.५ करोड युरो आम्दानी गर्नेछन् भने पाँच वर्षमा करारको बोनस स्वरूप १५ करोड युरो प्राप्त गर्नेछन् । उनले इमेज राइट बापतको केही रकम पनि प्राप्त गर्नेछन् ।

यता, लुका मोड्रिचले पनि क्लबसँग नयाँ करार सम्झौता गर्ने भएका छन् । उनी थप एक वर्ष क्लबमा रहनेछन् ।
शनिबार क्लबले रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि जित्दा ३८ वर्षीय खेलाडी सब्सटिच्युटका रुपमा मैदानमा प्रवेश गरेका थिए । टोटनह्यामका पूर्व खेलाडीको करार यही महिना सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण