ओभरटेक गर्दा टिप्परसँग ठोकिएर पोखरामा एक जनाको मृत्यु
सोमबार, २१ जेठ २०८१, १३ : ३६
पोखरा । पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पोखरा १३ गौडाको मुखमा ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए ।
घाइते रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक कार्यालयका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण