गौरव र क्विन्सी मिस्टर एण्ड मिस एसईई सुपर मोडल
काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगितामा ९३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनीहरुले शिर्ष उपाधि चुमेका हुन् ।
पुरुष र महिला गरी दुई भिन्न टाईटलका लागि भएको स्पर्धामा अवय खड्गी र जेसिका सिंह ठकुरी ‘फस्ट रनर अप’, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनर अप, शिशिर रेगामी मगर र एन्जल थापा मगर थर्ड रनर अप, सहारा लामा फोर्थ रनर अप भए ।
प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्राण्ड एम्बेसडर, उक्रिशा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राई भ्युअर्स च्वाइस बने ।
शीर्ष उपाधि विजेताहरुले उपाधीसँगै ५० हजार रुपैयाँ, स्मार्टफोन प्राप्त गरे । त्यस्तै सेकेण्ड रनर अपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा¬–काठमाडौको हवाई टिकट र विश्व मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गरे ।
त्यसैगरी प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि ंछात्रवृत्ति प्राप्त गरे । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्ष, शीर्ष ८ ले करुणाको ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रमा एक हप्ताको आधारभूत मेकअप कक्षाको अवसर पाएका छन् ।
यसबाहेक उनीहरुले फ्लाई टेक अन्तर्राष्ट्रिय एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, शीर्ष तीनका लागि पोखरामा टूर प्याकेज, फ्रुट जेम्सद्वारा उपहार, नन्दिनी अर्गानिकद्वारा उपहार, नयाँ स्किनोलजीद्वारा उपहार, लेडिज विजेतालाई प्याडलक्स प्रिमियम सेनेटरी प्याड उपहार, उप्स नेपालद्वारा उपहार, सिजिजि स्पोट्र्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज पाएका छन् ।
एभरेष्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठ (रुविन) ले विजेताले विज्ञापन, पत्रिका र समाचारपत्रहरूमा चित्रित हुने अवसरसँगै म्युजिक भिडियो, सर्ट फिल्ममा अभिनयको अवसर पाउने बताए ।
सुगन्धा अधिकारी र अर्शु महर्जनको कोरियोग्राफीमा सम्पन्न यस प्रतियोगितामा रोजिन शाक्यको उद्घोषण रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण