नेतान्याहूले जुन १३ मा अमेरिकी सांसदलाई सम्बोधन गर्ने
वाशिङटन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जुन १३ मा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने भएका छन् । सिनेटका डेमोक्रेटिक बहुमत नेता चक शुमरको निम्तोमा उनी त्यहाँ जान लागेका हुन् ।
नेतन्याहु अमेरिकामा रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेन जी–सेभेनको शिखर सम्मेलनमा भाग लिने क्रममा इटालीमा हुने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालयले बाइडेनको एक साताको कार्यतालिकाको औपचारिक घोषणा गरेको छैन ।
हालै बाइडेनले इजरायल–हमासबीच युद्ध विरामका लागि तीन चरणको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावअनुसार हमासले सबै बन्धकहरूलाई मुक्त गर्नेछ भने हमास सत्तामा नआइकनै युद्धले ध्वस्त भएको प्यालेस्टाइनको पुनर्निर्माण गरिनेछ ।
नेतान्याहुको कार्यालयले भने ७ अक्टोबरको आक्रमणबाट इजरायलका सबै लक्ष्यहरू पूरा नभएसम्म जारी रहने कुरामा जोड दिएको थियो । इजरायलले हमासको सैन्य र शासन क्षमताको ध्वस्त पार्ने लगायत लक्ष्य तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण