आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतले मेलमिलापमा पठाउने आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार मेलमिलापमा पठाउने आदेश गरेको हो ।
राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । नेपाली कांग्रेसका पूर्व नेता समेत रहेका सिंह अहिले स्वतन्त्र निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद रहेका छन् ।
सिंहले २०८० जेठमाराणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएका थिए । सिंहले राणा भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
जिल्लाले मेलमिलापलागि पठाउने आदेश गरेपछि दुवै पक्षले आपसमा छलफल गरी मिल्नुपर्ने भएको छ। मिलेमा मुद्दा तामेलीमा जान्छ भने मेलमिलाप हुन नसकेमा पुनः सुनुवाइका लागि अदालत नै फर्कने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण