दक्षिणकालीमा दुर्घटना परेर मृत्यु भएका दुई जनाको सनाखत
बिहीबार, २४ जेठ २०८१, २० : २६
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन् ।
प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण