कोन्टे नापोलीको नयाँ म्यानेजर नियुक्त
बिहीबार, २४ जेठ २०८१, १२ : ४४
काठमाडौँ । एन्टोनियो कोन्टे इटालियन क्लब नापोलीको नयाँ म्यानेजर नियुक्त भएका छन् । चेल्सी र टोटनह्याम हटस्पर्सका पूर्वम्यानेजरले क्लबसँग ३ वर्षको करार गरेका हुन् ।
सन् २०२३ को मार्चमा आपसी समझदारीमा स्पर्स छाडेपछि ५४ वर्षीय कोन्टे कामविहीन थिए । स्पर्समा रहँदा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनले पहिलो सिजनमा नै चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । दोस्रो सिजनमा टोलीलाई एफए कपको उपाधि दिलाए पनि उनी सन् २०१८ मा बर्खास्त भएका थिए ।
इटालियन प्रशिक्षकले सन् २०११ देखि २०१४ को बिचमा युभेन्टसलाई तीनवटा सिरिएको उपाधि दिलाएका थिए । गत वर्ष ३३ वर्षपछि लिग उपाधि जिते पनि टोलीले त्यस सफलतालाई दोहोर्याउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण