लापसे चेकिङमा परे पक्राउ ९ जना चालक
काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय दिनेश शाह तेली, ग १ ख ७१ ४५ नम्बरका बस चालक तनहुँका ३६ वर्षीय सन्तोष घर्ती, प्रदेश ३–०१–००५ ख ९९ २१ नम्बरका बस चालक नुवाकोटका २७ वर्षीय अर्जुन तामाङ र बागमती प्रदेश ०६–००१ ज ०१७४ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ वर्षीय वीरबहादुर महतोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, लु ३ च ३५४ नम्बरका पिक अप चालक रुपन्देहीका २८ वर्षीय मोहम्मद उमर, प्रदेश २–०३–००१ ख ६५ ९२ नम्बरका ट्रक चालक सर्लाही घर भएका २७ वर्षीय जलेन्द्र परियार, ना ८ ख ७२ १४ नम्बरका ट्रक चालक पर्साका २६ वर्षीय राकेश रावत, प्रदेश २ ०३–००१ ख ०० ७० नम्बरका ट्रक चालक कास्कीका ३८ वर्षीय आशिष शर्मा र ना ६ ख ४० ०२ नम्बरका कन्टेनर चालक धादिङका ३८ वर्षीय लीलाबहादुर गन्धर्वलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, मा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण