फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन सुरु भएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा एक कार्यक्रमका बिच मुर्हुत गर्दै फिल्मले छायाङ्कन सुरु गरेको हो ।
करिब २५ दिन छायाङ्कन सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ । नेपालीहरू अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्छ ।
किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहने छ ।
रेहान मियाको लेखन, निर्माण एवम् निर्देशन रहने फिल्म करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको हो ।
फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको सङ्गीत, रवि कोइरालाको छायाङ्कन रहेको फिल्ममा कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । फिल्म आगामी तिहारमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण