बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो
काठमाडौँ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ ।
यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ । यस्तै पुन श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण