तामाङ गीतको भिडियोमा निर्देशक मदन घिमिरे
बिहीबार, ३१ जेठ २०८१, ०८ : १६
काठमाडौँ । ‘डन’, ‘दादागिरी’, ‘दोस्ती’, ‘मिस्टर डन’ लगायत थुप्रै हिट फिल्म निर्देशक गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियो निर्देशकमा व्यस्त छन् । उनी निर्देशित म्युजिक भिडियो थुप्रै सार्वजनिक भैसकेका छन् ।
यस्तैमा नेपाली गीतको म्युजिक भिडियो निर्देशन गदै आएका घिमिरेले तामाङ गीत ‘डाला डिन्छेन आमा’ बोलको भिडियो पनि निर्देशन गरेका छन् । चर्चित गायिका अन्जु पन्तको स्वर रहेको गीतको भिडियो उनले गुण्डु गाउँ वरिपरि छायाङ्कन गरेका हुन् ।
शब्द तथा सङ्गीत थुप्तेन शैपा योन्जनको रहेको गीतको भिडियोमा संध्या तामाङ.,निर्मला तामाङ.,मेरिया मगर लगायतको अभिनय छ ।
संजय खड्गीको एरेन्ज रहेको गीतको भिडियामा डम्बर राईको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण