बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्राप्ति ‘एसईई प्रिन्सेस–२०२४’ घोषित

बिहीबार, ३१ जेठ २०८१, २१ : ०१
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । १२ औँ नामी कलेज ‘एसईई प्रिन्सेस–२०२४’ को उपाधि प्राप्ति श्रेष्ठले जितेकी छिन् । श्रेष्ठले मोष्ट ट्यालेन्ट सहित शीर्ष उपाधि चुमेकी हुन् ।

सिजन मिडियाद्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा फस्ट रनर्सअप प्रीति शर्मा, सेकेन्ड रनर्सअप निरजरा श्रेष्ठ, थर्ड रनर्सअप ज्यास्मिन धमेना तथा फोर्थ रनर्सअप शुभ केसी घोषित भए ।

शीर्ष विजेता श्रेष्ठले ल्यापटप तथा नामी कलेजमा १ लाख बराबरको छात्रवृत्ति र फस्ट तथा सेकेन्ड रनर्सअपले क्रमशः सामसुङ मोबाइल फोनका साथै प्लस टु अध्ययनको छात्रवृत्ति र थर्ड तथा फोर्थ रनर्सअपले डिजिटल स्माटवाचका साथै छात्रवृत्ति पनि पाए ।

वन तथा वातावरण मन्त्री नबल किशोर शाह समेत सहभागी कार्यक्रममा एसईई दिएका विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्य आयोजना भएको थियो ।

WhatsApp Image 2024-06-13 at 19.13.01

कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकाहरूलाई ‘विशेष शैक्षिक सेवा सम्मान २०८१’ द्वारा सम्मान गरियो । जसमा नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज, शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्ययन प्रमुख काठमाडौँ मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौँ भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आनन्दकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौँ, प्रेम गुरुङ उप–प्राध्यापक पोखरा विश्वविद्यालयलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मिता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी सङ्गीता रौनियार, व्यूटीसियन लसता शाक्य रहेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप