‘स्लीभलेस’ पहिरनमा सुफी गीत गाएको भन्दै गायिकालाई धम्की
मुम्बई । बलिउड गायिका सोना महापात्रालाई मुल्ला सुफी मदारिया फाउन्डेसनले धम्की दिएको छ ।
अमीर खुसरोको एक गीत ‘तोरी सूरत’ को म्युजिक भिडियोलाई लिएर फाउन्डेसनले धम्की दिएको हो ।
सोनाले यो कुरा आफ्नो फेसबुक र ट्वीटर अकाउन्टबाट जानकारी दिएका हुन् ।
सोनाका अनुसार उनको गीतलाई अश्लील बताउँदै उनलाई नोटिस पठाएर भिडियो हटाउन चेतावनी दिइएको छ ।
यति मात्र होइन नोटिसमा उनले म्युजिक भिडियोमा ‘स्लीभलेस’ पहिरन लगाएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
सोनाले ट्वीटरमा लेखेकी छिन्, ‘महिलाहरुले के कपडा लगाउने भनेर अरुले तय गर्ने ? फाउन्डेसनका अनुसार मलाई धम्की दिनुको कारण उनीहरुको उद्देश्य भनेको शान्ति बनाइराख्नु हो ।’
सोनाले यसबारे मुम्बई प्रहरीमा उजुरी गरेकी छिन् । तर, संगठनविरुद्ध हालसम्म एफआईआर भने दर्ज भएको छैन । प्रहरीले यस विषयमा उचित कदम चालिने आश्वासन दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सोना महापात्राले फिल्म संगीतकार तथा निर्देशक राम सम्पतसँग विवाह गरेकी छिन् । उनीहरुको ओम ग्रोन म्युजिक नामक संगीत निर्माण कम्पनी रहेको छ ।
उनको डेली बेलीको बेदर्दी राजा, तलाशको जिया लागे ना, फुकरेको अम्बरसरिया लगायतका गीत चर्चित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण