फ्राईडे रिलिज : देशभरका हलमा ‘बाटो: रोड टु डेथ’
काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर एकमात्र फिल्म ‘बाटो: रोड टु डेथ’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको फिल्मले ब्यवसायीक सफलता हात पार्ने अपेक्षा निर्माण युनिटले गरेको छ ।
प्रदर्शन अगाडि बुधबार फिल्मको प्रिमियर भएको थियो । प्रिमियर रुचाइएको फिल्म बिहीबार नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार भएको हो । फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् । प्रिमियरमा झैँ फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको बताए । उनले फिल्म दर्शकको रुचि ध्यानमा राखेर निर्माण भएको सुनाए ।
काठमाडौँ फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्मलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले छायाङ्कन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन्, भने कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा रहेका छन् । सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा छन् ।
सस्पेन्स तथा थ्रिलर जनराको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण