ट्राफिक प्रहरीको लापसे चेकिङ, ९ चालक नियन्त्रणमा
काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०१–००६ ख ६६६३ नम्बरका बस चालक तनहुँ घर भएका ३० वर्षीय केशर नेपाली, बागमती प्रदेश ०१–००६ख ६५४१ नम्बरका मिनि बस चालक तनहुँकै ३० वर्षीय सत्रक बहादुर भुजेल , बा ३ ख ५६४८ नम्बरका बस चालक काठमाडौँ दहचोकका २४ वर्षीय युवराज बुढाथोकी र प्रदेश ३-०१-००५ ख ९८३१ नम्बरका बस चालक नुवाकोट घर भएका २८ वर्षीय टोप बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, बा ३ ख २८४० नम्बरका बस चालक धादिङका ३० वर्षीय राज कुमार राना क्षेत्री , बागमती प्रदेश ०१-००६ ख ५६९४ नम्बरका बस चालक सुनसरी घर भएका ४० वर्षीय राजेश शर्मा प्याकुरेल , बा २ ज २३९ नम्बरका ट्याक्सी चालक काठमाडौँ दहचोकका ३६ वर्षीय राजन उप्रेती , ना ६ ख ७६४ नम्बरका ट्रक चालक मकवानपुरका २९ वर्षीय आशिष थापा र ना ८ ख ५३२८ नम्बरका ट्याङ्कर चालक मकवानपुरकै ३३ वर्षीय सञ्जीव थिङ लाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे नगरेको चेक गर्दै आएको छ । नागढुङगामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ९ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण