बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कङ्गारु’मा जितुको इन्ट्री

शनिबार, ०१ असार २०८१, ०९ : ४०
शनिबार, ०१ असार २०८१

काठमाडौँ । अभिनेता जितु नेपाल अहिले फिल्म ‘ज्वाइँ साँप’ छायाङ्कनमा व्यस्त छन् । एक फिल्म छायाङ्कनमा रहेकै समय उनी फिल्म ‘कङ्गारु’मा पनि कलाकारको रूपमा भित्रिएका छन् । सम्राट् बस्नेतको निर्देशन रहने फिल्ममा उनी मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । 

फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा फिल्म बन्न लागेको हो । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । फिल्मका लागि अभिनेत्री छनौट हुन बाँकी छ । ३५ दिनको छायाङ्कन सेड्युल निर्धारण गरिएको फिल्म अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतमा हुनेछ । 

फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रूपमा छन् । सीमा गुरुङको कथा रहेको फिल्मका छायाकार सुशन प्रजापति हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप