‘गोलमाल रिटर्न्स’ असार ३ गतेबाट प्रसारणमा आउने
काठमाडौँ । हास्य शृङ्खला ‘गोलमाल’को नयाँ सिजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आउने भएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहेको शृङ्खलाको नयाँ सिजनको असार ३ गते सोमवारदेखि प्रारम्भ हुने कलाकार रवि डङ्गोल (बेमान)ले जानकारी दिए । सविन शाक्यको निर्देशन रहेको शृङ्खलाको पहिलो भाग दर्शकले निकै मनपराएका थिए ।
‘गोलमाल रिटर्न्स’ रवि डङ्गोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, मनोज तामाङ, मिना लामा, श्याम राई, कृष्ण भक्त महर्जन, सन्ध्या खड्का, नारायण घिमिरे लगायतको कलाकारको अभिनय छ ।
शृङ्खला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ । समसामयिक विषयवस्तु तथा पारिवारिक कथा समेटेको शृङ्खलाको लेखन पूर्ण थापाले गरेका हुन् । सागर खड्काको छायाङ्कन रहेको शृङ्खलाका निर्माता विश्वरत्न तुलाधर, उद्वव राज गिरी, रियान्स श्रेष्ठ तथा किशोर न्यौपाने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण