मालावीका उपराष्ट्रपतिको शोक सभामा दुर्घटना, ४ को मृत्यु
सोमबार, ०३ असार २०८१, ११ : ४८
मालावी । मालावीका उपराष्ट्रपति सौलोस क्लास चिलिमाको शोक सभामा दुघर्टना भएको छ । चिलिमाको पुख्र्यौली गाउँ एनटचेउमा आइतबार आयोजित शोक सभामा सो दुघर्टना भएको हो ।
चिलिमाको पार्थिव शरीर बोकेर गइरहेको बहानको हुलमध्ये एक बहानले शोक मनाइरहेका केही मानिसलाई कुल्चिएको थियो ।
यो घटनामा ४ जनाको मृत्यु भएको र अरू १२ जना गम्भीर घाइते भएको बताइएको छ । मर्नेमा दुई महिला र दुई पुरुष भएको बताइएको छ । गाउँमा हजारौँ मानिसहरू चिलिमाको अन्तिम दर्शनका लागि सडकको दायाँबायाँ उभिएर बसेका थिए । एकातिरको भिडलाई बचाउने क्रममा बहानले अर्को किनारमा बसेको मानिसहरूलाई कुल्चिएको बताइएको छ ।
जुन १० मा चिलिमा र अन्य ८ जना सवार सैन्य विमान दूघर्टनाग्रस्त भएको थियो । विमान कुहिरोका कारण मलावीको चिकंगावा वनक्षेत्रमा दुघर्टनाग्रस्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण