सातौँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ न्यूयोर्कमा हुने
काठमाडौँ । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क सहरको मेलरोज बलरुममा १५ सेप्टेम्बरमा आयोजना हुने भएको छ । यसअघि २८ सेप्टेम्बर आयोजना हुने भनिएको अवार्ड प्राविधिक कारणले अगाडि सरेको त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए ।
फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना हुँदै आएको हो । अघिल्ला वर्ष झैँ यो वर्ष पनि अवार्ड कार्यक्रम भव्य रूपमा आयोजना हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । उनले भने ‘संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य समेत अवार्ड हो ।’
एटिए एभरेस्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजन अवार्डको रहेको छ । अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।
अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदाय बिच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताए । ‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले थपे ।
अवार्डले नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायाङ्कन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्टले बताए ।
विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबै भन्दा प्रतिष्ठित अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड युएसए हो । अवार्डले सिङ्गो देशको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रलाई फराकिलो बनाएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क सहरमा सफलता पूर्वक सम्पन्न भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण