मन्त्री शर्मासँग निर्माताद्वय रोहित र सरोजको भेटघाट
काठमाडौँ । फिल्म ‘फर्कि फर्कि’ का निर्माता रोहित अधिकारी र ‘जेरी २’ का निर्माता सरोज न्यौपानेले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेका छन् । दुवैले मन्त्रालयमै पुगेर मन्त्री शर्मासँग भेट गरेका हुन् ।
मन्त्रीसँगको भेटमा निर्माताद्वयले फिल्मको सेन्सरका क्रममा हुने कठिनाइको विषयमा कुराकानी गरेका छन् । मन्त्रीलाई नेपालमा भारतीय फिल्मको सेन्सर एक दिनमा हुने र भारतमा नेपाली फिल्मको सेन्सरका लागि विभिन्न झन्झटका कारण महिना दिन लाग्ने जानकारी गराएको निर्माता रोहित अधिकारीले बताए ।
‘हामीले मन्त्री ज्युलाई भारतमा बिना झन्झट र छिटो फिल्म सेन्सरको व्यवस्थाका लागि पहल गर्न अनुरोध समेत गरेका छौँ’ अधिकारीले थपे । यस विषयमा आफूले छिट्टै पहल थाल्ने आश्वासन समेत मन्त्री शर्माले दिएको निर्माता अधिकारीको भनाई छ ।
रोहितको फिल्म ‘फर्कि फर्कि’ अहिले प्रदर्शनरत छ भने ‘जेरी २’ छायाङ्कन तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण