१३ अर्बका मालिक ज्याकी च्यानकी छोरी घरबारविहीनः युट्युबबाट रुँदै गरिन् खुलासा
काठमाडौँ । सुपरस्टार ज्याकी च्यानकी छोरी एटा आजकल चरम अभावबाट गुर्जिरहेकी छिन् । उनलाई घरबाट निकालिएको छ र वासस्थानको लागि समेत पैसा छैन । एटाले आफ्नो यो अवस्थाको लागि आफ्नो अभिभावकलाई आरोप लगाएकी छिन् ।
उनले आफ्नो यो अवस्था युट्युव भिडियो मार्फत सार्वजनिक गरेकी हुन् । एप्रिल २४ मा युट्युवमा अपलोड गरिएको भिडियोमा उनी आफ्नो प्रेमिका एण्डी अटोमसँग देखिन्छिन् । उनले आफ्नो अभिभावकले समलैङ्गिक सम्बन्धलाई घृणा गर्ने कारण यो अवस्था निम्तिएको भनेकी छिन् ।
भिडियोमा उनले आफू र आफ्नो प्रेमिका एण्डी आजकल हङ्गकङ्गको एक पुल मुनि बाँच्न बाध्य रहेको बताएकी छिन् ।
तर, भिडियोमा कमेन्ट गर्ने अधिकाशंले भने उनीहरुको आलोचना गरेका छन् । उनीहरुले एटा र एण्डीलाई उमेर पुगिसकेपछि अभिभावकको मुख ताक्न नहुने भन्दै काम खोजेर आत्मनिर्भर हुन भनेका छन् ।
आमाले छोरीको भनाईलाई गलत बताइन्
१८ वर्षे अटा ज्याकी च्यान र पूर्व हङ्गकङ्ग सुन्दरी एलियानाको छोटो सम्बन्धबाट सन् १९९९ मा जन्मिएकी थिइन् । ज्याकी आफैले कहिले पनि आफ्नी छोरी भएको भनेका छैनन् । तर, उनले एलियानासँग सम्बन्धलाई भने स्वीकारी सकेका छन् ।

हङ्गकङ्गको एक वेबसाइटका अनुसार आमा एलियानासँग हुर्केकी एटाको यो वक्तव्यबाट आमा खुसी नभएको बताइएको छ । एलियानाले आफ्नो छोरीको आरोप अस्वीकार गर्दै एटालाई जागिरको आवश्यकता रहेको भनेकी छिन् ।
एटाले आघिल्लो वर्ष अक्टोबरमा आफू समलिङ्गी भएको सार्बजनिक गरेकी थिइन् । सोही वर्षको मार्चमा उनले घरेलु विवादको आरोपमा पुलिसलाई आफ्नो आमाको घरमा बोलाएकी थिइन् । प्रहरीले उनको आमालाई अपराधिक धम्कीको आशंकामा पक्राउ गरेको थियो ।

ज्याकि च्यान लगभग १३ अर्ब रुपैयाँ सम्पत्तीका मालिक हुन् । उनी जोआन लिनसँग सन् १९८२ देखि विवाहित छन् । दुईको एक छोरा छ जसको नाम जेसी च्यान हो । ३५ वर्षे जेसी पनि अभिनेता हुन् ।
मिडिया रिपोर्ट अनुसार ज्याकी आफ्नो छोरालाई पनि आफ्नो सम्पत्ति दिन चाहँदैनन् । उनले आफ्नो सम्पत्ति छोरालाई दिनु साटो च्यारिटीलाई दिन चाहेको बताएका छन् । उनी वयस्क सन्तानले आफ्नो लागि आफैले कमाउनुपर्नेमा विश्वास गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण