उमेरमाथि प्रश्न उठेपछि बाइडेनले के भने ?

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारीमाथि भएको आलोचनाको जवाफ दिएका छन् । उनले आफ्नो एक भाषणमा आफ्ना समर्थकहरूलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जित्ने बताएका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पसँगको राष्ट्रपतिको प्रत्यक्ष बहसमा बाइडेनको प्रदर्शन निकै कमजोर रहेको थियो । यसले उनका समर्थकहरूमा उनले चुनाव जित्न नसक्ने आशङ्का उत्पन्न गराएको थियो ।
बाइडेनले भने, ‘मलाई थाहा छ म देशको सेवा गर्ने दृष्टिकोणमा धेरै जवान छैन । म अब पहिलाको जस्तो सजिलैगरी हिँड्न सक्दिनँ । म पहिलाको जस्तैगरी बहस पनि गर्न सक्दिन । तर मलाई सत्य बोल्ने तरिका थाहा छ र काम कसरी गर्ने भन्ने पनि थाहा छ ।’
आफूमाथि पूर्ण आत्मविश्वास रहेको पनि उनले बताए । मन मस्तिष्कबाटै आफू अर्को कार्यकाल पूरा गर्न सक्छु विश्वास रहेको र आफूले एक पटक फेरि राष्ट्रपतिको निर्वाचनमा जित्नेमा विश्वस्त रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित