उमेरमाथि प्रश्न उठेपछि बाइडेनले के भने ?
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारीमाथि भएको आलोचनाको जवाफ दिएका छन् । उनले आफ्नो एक भाषणमा आफ्ना समर्थकहरूलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जित्ने बताएका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पसँगको राष्ट्रपतिको प्रत्यक्ष बहसमा बाइडेनको प्रदर्शन निकै कमजोर रहेको थियो । यसले उनका समर्थकहरूमा उनले चुनाव जित्न नसक्ने आशङ्का उत्पन्न गराएको थियो ।
बाइडेनले भने, ‘मलाई थाहा छ म देशको सेवा गर्ने दृष्टिकोणमा धेरै जवान छैन । म अब पहिलाको जस्तो सजिलैगरी हिँड्न सक्दिनँ । म पहिलाको जस्तैगरी बहस पनि गर्न सक्दिन । तर मलाई सत्य बोल्ने तरिका थाहा छ र काम कसरी गर्ने भन्ने पनि थाहा छ ।’
आफूमाथि पूर्ण आत्मविश्वास रहेको पनि उनले बताए । मन मस्तिष्कबाटै आफू अर्को कार्यकाल पूरा गर्न सक्छु विश्वास रहेको र आफूले एक पटक फेरि राष्ट्रपतिको निर्वाचनमा जित्नेमा विश्वस्त रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण