ट्रम्पलाई अदालतबाट राहत, बाइडेनले दिए चेतावनी
वशिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च अदालतले राहत दिएको छ । अदालतको यस फैसलाप्रति वर्तमान राष्ट्रपति जो बाइडेनले असन्तुष्टि व्यक्ति गर्दै अदालतले डरलाग्दो नजिर बसालेको चेतावनी दिएका छन् ।
नोभेम्बरको निर्वाचनमा ट्रम्पले जिते भने उनले यसको गलत प्रयोग गर्न सक्ने पनि उनको भनाइ छ । सर्वोच्च अदालतले सन् २०२० मा ट्रम्पको राष्ट्रपतिकालमा भएको निर्वाचनको नतिजा उल्ट्याइएको मामिलालाई पुनः ट्रायल कोर्टमा पठाएको छ ।
पूर्वराष्ट्रपतिहरूलाई कानुनी कारबाहीमा केही हदसम्म छुट हुने पनि सर्वोच्च अदालतले बताएको छ । यस्तोमा नोभेम्बरअघि पूर्व राष्ट्रपति ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइ हुने सम्भावना सकिएको छ । जसले ट्रम्प राष्ट्रपति बन्ने बाधा पनि हटेको छ ।
पूर्व राष्ट्रपति भएकाले केही अभियोजन मुद्दामा ट्रम्पले उन्मुक्ति पाएको तर उनलाई अनधिकृत गतिविधिमा छुट नभएको सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ । यस्तो अवस्थामा के आधिकारिक हो र के अनधिकृत भन्ने तय गर्न सर्वोच्चले मुद्दा तल्लो अदालतमा पठाएको छ । यो निर्णय ६–३ को बहुमतले भएको हो ।
- बाइडेनको चेतावनी
‘सबै व्यावहारिक उद्देश्यले हेर्दा आजको निर्णयको अर्थ अब राष्ट्रपतिले जे पनि गर्न सक्छन् भन्ने हो । मौलिक रूपमा, यो नयाँ सिद्धान्त एक खतरनाक नजिर बसालेको छ ।’ ह्वाइट हाउसमा आफ्नो सम्बोधनमा बाइडेनले भनेका छन् । यस फैसलाले ट्रम्पमा मैले जे पनि गर्न पाउँछु÷सक्छु भन्ने भावना बढ्ने चिन्ता पनि उनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण