रास्वपालक्षित दीपकराज गिरीको कटाक्ष : ठुला माछा समाउँदै थियौँ !
मङ्गलबार, १८ असार २०८१, १३ : २५
काठमाडौँ । अभिनेता दीपकराज गिरी व्यङ्ग्य गर्न माहिर छन् । बेलाबेलामा हुने राजनीतिक परिवर्तनलाई समेत उनी व्यङ्ग्य गर्दै आएका छन् । पछिल्लो समय हुन लागेको सत्ता समीकरण परिवर्तनलाई लिएर पनि गिरीले रास्वपा लक्षित व्यङ्ग्य गरेका हुन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अब रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नुपर्ने दिन आउने बताएका छन् । उनले भनेका छन्, ‘नतिजा आउँदै थियो ! ठुला माछा समाउँदै थियौँ ! त्यो थाहा पाएर रातारात देशीविदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नुपर्ने कुरा !’
सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपासमर्थक कलाकारले पनि पार्टीको आलोचना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण