दसौँ राष्ट्रिय महाधिवेशन
एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा
शुक्रबार, २१ असार २०८१, १४ : २३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।
प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो ।
एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।
नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुंग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण