एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी
काठमाडौँ । आफू भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघि गौतम गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग पाँच बुँदे प्रस्ताव राखेका थिए । त्यसमध्ये एउटा बुँदामा उनले फरक–फरक ढाँचाको क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान बनाउने विषय समावेश गरिएको थियो ।
आफ्नो त्यही योजना अनुरूप गौतम गम्भीरले निकट भविष्यमा हुने श्रीलंका भ्रमणका क्रममा एकदिवसीय र टी–२० टोलीमा छुट्टाछुट्टै कप्तान बनाउने तयारी अगाडि बढाएका छन् । बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक गम्भीरले टेस्टका लागि पनि छुट्टै कप्तान बनाउने भएका छन् ।
भारतीय टोलीले जुलाई २७ तारिखदेखि श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही भ्रमणमार्फत गम्भीरले पनि आफ्नो जिम्मेवारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
श्रीलंका भ्रमणका लागि पनि गम्भीरले एकदिवसीय र टी–२० टोलीको छुट्टाछुट्टै कप्तान बनाउने समाचारमा जनाइएको छ । उनले श्रीलंका भ्रमणका लागि रोहित शर्माको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउने तयारी अगाडि बढाएका छन् ।
हालै सम्पन्न टी–२० विश्वकपलगत्तै रोहित शर्मा र अर्का अनुभवी खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । एकदिवसीय र टेस्ट क्रिकेटमा भने उनीहरू सक्रिय रहने छन् ।
तर, श्रीलंका भ्रमणका क्रममा रोहित र विराट दुबैलाई आराम दिइने बताइएको छ । श्रीलंका भ्रमणपछि हुने इङ्ल्यान्डविरुद्धको शृंखलालाई ध्यानमा राखी रोहित र विराटलाई आराम दिन लागिएको समाचारमा जनाइएको छ ।
त्यसैले उनको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउन लागिएको हो । टी–२० टोलीको कप्तान भने हार्दिक पाण्ड्यालाई बनाइने भएको छ । यी दुवै खेलाडीसँग यसअघि पनि कप्तानको जिम्मेवारी समालेको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण